
२ माघ, धादिङ-
आज बीसौँ भुकम्प दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
विसं १९९० माघ २ गते गएको भुकम्पको सम्झनामा दिवस मनाउन थालिएको हो । सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिदै छ ।
विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले झण्डै नौ हजार मानिसको ज्यान लियो । त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।
सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १७ जिल्लामा आंशिक क्षति पुगेको थियो ।
२०७४ माघ २ गते प्रकाशित ।