Fri. Jul 4th, 2025

प्रदेश राजधानी माग्दै दाङ अनिश्चितकालीन बन्द

३ माघ, दाङ

प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले बुधबारदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् ।

प्रदेश राजधानी बुटवललाई बनाउने संकेत पाएको भन्दै दाङबासीले आन्दोलन सुरु गरेका हुन् ।

बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गरिरहेका छन् । दाङखण्डमा पर्ने पूर्वपश्चिम राजमार्ग पनि ठप्प छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

लामो तथा छोटो दुरीका गाडी, उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् । शिक्षण संस्था पनि खुलेका छैनन् ।आन्दोलनका लागि दाङबासीले दाङ प्रादेशिक राजधानी सरोकार समिति गठन गरेका छन् ।

विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नागरिक समाज दाङका अध्यक्ष टिकाराम रेग्मीले भारतीय डिजाइनमा भारतीय सीमा नजिक राजधानी तोक्न लागिएकाले विरोधमा उत्रिनु परेको बताए ।

    २०७४ माघ ३ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: