Fri. Jul 4th, 2025

स्वास्थ्य चौकी भवन निर्माण अलपत्र, टेन्टवाटै स्वास्थ्य सेवा संचालन (भिडीयो सहित)

सृजना लम्साल  / ३ माघ,धादिङ

उपयुक्त भवन नभएका कारण धादिङका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरुले दिने सेवा अझै अस्थाई टेन्टबाटै दिदै आएको छ ।
टेन्टबाटै स्वास्थ्य चौकीका कामकाजहरु संचालन गर्नु पर्दा समस्या उत्पन्न भएको छ ।

विशेष गरी भुकम्पका कारण भत्किएका जिल्लाका स्वास्थ्य संस्थाहरुको सुगम स्थानमा भवनहरु निर्माण भएको भए पनि दुर्गम स्थानमा निर्माणाधीन धेरै भवनहरु समयमा नै बन्न नसक्दा समस्या उत्पन्न भएको हो ।
टेन्टबाटै उपचार सेवा दिनु पर्दा सुत्केरी गराउने लगाएतका अन्य सेवा दिनका लागी झनै समस्या भएको स्वास्थ्य चौकीका प्रमुखहरुको भनाई छ ।
ठेकेदार कम्पनीहरु ठेक्का प्रक्रियाबाट लिदा एउटा कम्पनीले लिने र पेटी ठेकेदारको रुपमा पुन अर्को कम्पनीलाई ठेक्का विक्रि गरेका कारण जिल्लाका धेरै यस्ता पुननिर्माणको काममा बाधा उत्पन्न भएको छ ।

यस्तै समस्या बीच पनि उत्तरी धादिङको खनियावास गाँउपालिकामा बिरामीहरुलाई सेवा दिदै आएको छ ।
दार्खामा रहेको स्वास्थ्य चौकी भुकम्पले भत्किएपछि टेन्टबाट उपचार दिन थालेको २ वर्ष कटिसक्दा पनि सुविधा सम्पन्न स्वास्थ्य चौकीमा रहेर उपचार दिन सकेका छैनन् । भवन निर्माणको काम सम्पन्न हुन लागेको भए पनि ठेकेदारले काम नगरेका कारण हुन गएको ढिलाईले गर्दा दार्खा स्वास्थ्य चौकीमा समस्या उत्पन्न भएको छ ।

निर्माण कार्य अधुरो रहेको यस स्वास्थ्य चौकीमा दाउरा र परालले भरीएका छन् यता विरामीहरु पुषको ठन्डी चिसोमा पनि टेन्ट मुनी नै उपचार गराउन बाध्य भएका छन् ।
भुकम्पका कारण भत्कीएका यस्ता स्वास्थ्य चौकीका भवनहरु निर्माण भए नभएको अनुगमन गर्ने निकाय सक्रिय नभएका कारण यस्तो अवस्था आएको सरोकारवालाहरुको भनाई छ ।
धादिङ जिल्लाभर २०७२ बैशाख १२ को भुकम्पका कारण ५२ ओटा स्वास्थ्य संस्थाका भवनहरु भत्कएका थिए । २ वर्ष बितीसक्दा समेत ५० प्रतिशत भवनहरु पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

    २०७४ माघ ३ गते प्रकाशित

 

 

https://youtu.be/2i5cc0_zEqI

About The Author

अन्य समाचारहरु: