
३ माघ, काठमाडौँ
सोनम ल्होसारको अवसरमा सरकारले बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो।
गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले पूर्वनिर्धारित विदा अनुसार भोली पनि विदा हुने बताएका छन् ।
तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए। तामाङ समूदायले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४ औँ सोनाम ल्होछार मनाउँदै छन्।
२०७४ माघ ३ गते प्रकाशित