Fri. Jul 4th, 2025

धनकुटामा अनिश्चितकालीन कर्फ्यू जारी

४ माघ, काठमाडौँ

धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

३४ दिनदेखि चलिरहेको आन्दोलन र हडतालले धनकुटा क्षेत्रको जनजीवन प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटाको आन्दोलन झनै उग्र बनेको हो ।

आन्दोलनको कारण कोसी राजमार्गको धनकुटामा गाडी नचल्दा भोजपुर, संखुवासभा, तेह्रथुम लगायत ठाउँका बासिन्दालाई पनि सास्ती भएको छ ।

२०७४ माघ ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: