Fri. Jul 4th, 2025

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन धादिङको अध्यक्षमा धमला


६ माघ,  धादिङ –

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन धादिङको अध्यक्षमा खिलबहादुर धमला निर्वाचित भएका छन् ।

संगठनको शुक्रबार धादिङबेसीमा सम्पन्न छैटौं जिल्ला सम्मेलनले धमला अध्यक्ष हुने गरी नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तिलक चेपाङ, महिला उपाध्यक्षमा सुशिला अधिकारी, उपाध्यक्षमा मोहन कोइराला, कान्छा तामाङ, टंक छत्कुली, सचीवमा हरिप्रसाद तिमल्सिना, अर्थ सहसचिवमा शिवप्रसाद रिजाल, सहसचिवमा हरिशरण तामाङ, दिव्यस्वर अधिकारी, दामोदर भट्ट निर्वाचित भएका छन् ।

२०७४ माघ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: