Fri. Jul 4th, 2025

सुलिकोटको विकास र चुनौतीमा प्रतिबद्ध

६ माघ,  काठमाडौँ –

गोरखाको सुलिकोट गाउॅपालिकाको आयोजनामा काठमाडौॅ उपत्यकामा बसोबास गर्ने सुलिकोटबासी बिभिन्न क्षेत्रको बिज्ञहरुसॅग गाउॅपालिको बिकास र चुनौती सम्बन्धी बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ।

गाउॅपालीको अध्यक्ष बिष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न क्षेत्रमा बिज्ञता हाँसिल गरेका बिज्ञहरुले क्षेत्रगतहरुमा आआफ्नो बिचार र कार्यपत्र प्रस्तुत गरिएको थियो ।

काठमाडौॅको महाराजगञ्ज भएको उक्तकार्यक्रममा गोरखाको जिल्ला शिक्षा अधिकारी तथा सुलिकोटबासी दिपेन्द्र सुवेदी, उर्जाविद् बिर बहादुर घले, अधिवक्ताहरु कृष्ण प्रसाद पनेरु र केदार ढकाल, कृषीविद् डा कृष्ण देवकोटा, शिक्षाविद्हरु भिमप्रसाद पोख्रेल, चुडा प्रसाद बस्ताकोटी, उषा लामिछाने, पर्यटनब्यबसायी उद्योगी दिपक बस्ताकोटी, हरि प्रसाद भट्ट, विर बहादुर घले , भवन बिभागको ईन्जिनियर दिपक श्रेष्ठ आआफ्नो बिषयत रुपमा धारणा राखेका थिए ।

२०७४ माघ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: