
८ माघ, धादिङ
प्रत्येक माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी पर्वको अवसरमा धादिङका विभिन्न विद्यालयहरुमा कार्यक्रम गरी मनाईएको छ ।
सोहि अवसरमा धादिङ वोर्डिङ माध्यमिक विद्यालयले पनि विभिन्न साँस्कृतिक कार्यक्रम र सरस्वती भगवानको पुजा आरधाना गरी विद्यालयको २१ औ वार्षिक उत्सव मनाएका छन् ।
धादिङ क्षेत्र नं. २ का माननिय सांसद खेम प्रसाद लोहनीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विभिन्न किसीमका सास्कृतिक गीत संगित मार्फत जनचेतना जगाउने खालका प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
सरस्वती पुजाकै दिन पारेर विद्यालयमा निशुल्क भर्ना कार्यक्रम समेत गरेका थिए । आजको दिनमा विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । आजको दिनमा लेखपढ गर्न सिकाइएमा राम्रो विद्या आउने जनविश्वास रहिआएको छ ।
सोहि अवरसमा एडभान्स एकेडेमी धादिङले पनि विभिन्न कार्यक्रम गरेको छ । कार्यक्रममा हाँस्य कलाकार राजा राजेन्द्र र लोक गायक प्रकाश कटुवालको माघ ८ गते प्रस्तुती भएको थियो । साथै धादिङबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई सम्मान गरीएको थियो ।
२०७४ माघ ८ गते प्रकाशित