Sat. Jul 5th, 2025

शुसिला बनिन् जनजागृती आईडल


९ माघ,  धादिङ

 

जनजागृती आईडलको उपाधी शुसिला थापाले हात पारेकी छन् ।

धादिङको थाक्रे गाउँपालिका ६ महादेबबेसीमा रहेको जनजागृती माध्यमिक विद्यालयले आयोजना गरेको गायन प्रतियोगीतामा सोहि विद्यालयमा अध्ययनरत थापाले जनजागृती आईडलको उपाधीे जितेकी हुन् । विभिन्न चरण पार गर्दै सामेबार भएको फाइनलमा ७ जना प्रतिस्र्धीलाई पछि पार्दै थापा आइडल बन्न सफल भएकी हुन् ।

उपाधी सँगै उनले माउण्टेन बाईक साईकल, ट्रफी, प्रमाणपत्र लगायत एकवटा गीत निशुल्क रेकर्ड गर्न पाउने छन् । आईडलको फस्ट रनरअप उत्सव गिरी भए भने सेकेण्ड रनरअप चिना लामा भए । गिरीले गितार, ट्रफी, प्रमाणपत्र लगायत गिफ्टहरु पाए । त्यस्तै लामाले ईलेक्ट्रिक किबोर्ड, ट्रफी, प्रमाणपत्र पाए ।

२०७४ माघ ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: