Sat. Jul 5th, 2025

बैरेनीमा भोलिदेखि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुने


१० माघ,  धादिङ

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्वर १ (साविकको नलाङ ७ बैरेनी) मा अवस्थित श्री मिन्दुका माध्यमिक विद्यालयमा बिहिबारदेखि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक एवं शैक्षिक महोत्सव तथा धनधान्याञ्चल माघ मेला सुरु हुँदैछ ।

कक्षा ११ र १२ सञ्चालनको लागि सहयोग संकलन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । महायज्ञमा बालतपस्वी पं. श्री उत्तम भट्ट महाराजको मुखारविन्दबाट कथा वाचन हुने विद्यालयले जनाएको छ । महायज्ञ माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।

२०७४ माघ १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: