
१० माघ, धादिङ
सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।
बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।सरकारले यसअघि भूकम्प पीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएकामा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।
२०७४ माघ १० गते प्रकाशित