

११ माघ, धादिङ –
आर्सनल काराबाओ फुटबलको फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ ले हराएको हो ।
खेलको सातौँ मिनेटमा चेल्सीका लागि एडन हजार्डले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन् । तर एन्टोनियो रुडिगरले आत्मघाति गोल गरे । आरर्सनलका लागि ग्रानित जाकाले थप एक गोल गरे पछि आरर्सनलको जित पक्का भयो ।
यस अघि पहिलो लिगको खेलमा आर्सनल र चेल्सीले गोलरहित बराबरी गरेका थिए । चेल्सीलाई हराएको आर्सनलले अब उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्नेछ ।
सिटी ब्रिस्टोल सिटीलाई हराउँदै फाइनलमा पुगेको हो ।
२०७४ माघ ११ गते प्रकाशित