

११ माघ, धादिङ –
सात सय ५३ स्थानीय तहमध्ये ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ ।
२३ स्थानीय तहको केन्द्र र ९ स्थानीय तहको नाम परिवर्तन गरिएको छ भने १४ वटा स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । गाउँ तथा नगरसभाको सिफारिसकै आधारमा सरकारले गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र हेरफेर गरिएको स्थानीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै धादिङको नेत्रावती गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । गाउँपालिकाको नाम नेत्रावती डबजोन गाउँपालिकामा परिवर्तन भएको छ भने त्यसको केन्द्र सेमजोङ कायम गरिएको छ ।
२०७४ माघ ११ गते प्रकाशित