Sat. Jul 5th, 2025

आय आर्जनमा सक्रिय बन्दै महिला


११ माघ, धादिङ –

गाउँमा विभिन्न महिला समूहहरु निर्माण भएपछि आय आर्जनमा सक्रिय बन्दै गएको छ । धादिङले सिद्धलेक गाउँपालिका ५ कुम्पुरमा बाघबच्छला स्वावलम्वी महिला समूह गठन भएपछि विभिन्न आय आर्जनका कार्यमा सहयोग पुगेको महिलाहरुले बताएका छन् ।

उक्त समुहमा रहेर विभिन्न तालिमहरु लिई कार्य गर्दा आफुहरुमा धेरै परिवर्तन आएको समुहमा आवद्ध महिलाहरुले बताएका छन् । पहिले बस्तुभाउको त्यति ख्याल नगर्ने, खोर गोठ सफा नराख्ने गरेको र अहिले समुह मार्फत घर वरपर सरसफाई गर्नुपर्ने, बस्तु भाउलाई पनि मानिसलाई जस्तै गरी स्याहार गर्नुपर्ने, बस्तुभाउको खोरगोठ नियमित सफा गर्नु पर्ने लगायतको कुरा सिकेको समुहको सदस्य लिला कुमारी श्रेष्ठले बताइन् ।

नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तर्गत अक्सफामको साझेदारीमा प्रयास नेपालले समूह गठन गरी बाख्रा पालन सम्बिन्ध क्षमता अभिवृद्धि लगायतको तालिम प्रदान गरेको एक्सन नेपालका अनुगमन तथा मूल्याङकन अधिकृत राधा अर्यालले जानकारी दिए । अहिले जिल्लाको विभिन्न ठाउँहरुमा महिला समूहहरुको गठन गरि क्रियाशिल भएका छन् । त्यस्तै गजुरी ७ कुपिन्डेमा पनि कुपिन्डे महिला समूह गठन गरिएको छ । गठन पश्चात जन्मदर्ता, नागरिकता लगायतका प्रक्रियामा पनि सहज भएको महिलाहरुले बताएका छन् ।

महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संस्थाले गजुरी गाउँपालिका ७ स्थित कुपिन्डेमा कुसुन्डे महिला छलफल केन्द्र स्थापना गरि महिलाहरुलाई नागरिकता, व्यक्तिगत घटना दर्ता, एकल महिला सुरक्षाकोष, लैङगिक हिंसा निवारण कोष, सरसफाई र क्षमता अभिवृद्धिको बारेमा जानकारी दिने गरेको प्रयास नेपाल धादिङकी लैङगिक अधिकृत रेनुका रुपाखेतीले बताइन् ।

२०७४ माघ ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: