Sat. Jul 5th, 2025

चार जना मुख्य न्यायाधीशको शपथग्रहण

 

११ माघ, काठमाडौं

उच्च अदालतका नवनियुक्त चार जना मुख्य न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयतको सपथ लिएका छन् ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार उच्च अदालतका मुख्य न्यायाधीशहरु नहकुल सुवेदी, उदयप्रकाश चापागाँई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नवनियुक्त मुख्य न्यायायाधीश सुवेदीलाई उच्च अदालत तुलसीपुर, चापागाईँलाई उच्च अदालत जनकपुर, बस्याललाई उच्च अदालत दिपायल र पोखरेललाई उच्च अदालत, सुर्खेत पदस्थापन पनि गरिएको छ ।

यसअघि सुवेदी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, चापागाईँ उच्च अदालत जनकपुरको न्यायाधीश, बस्याल उच्च अदालत जनकपुर वीरगञ्ज इजलासको न्यायाधीश र पोखरेल उच्च अदालत तुलसीपुर बुटवल इजलासको न्यायाधीश पदमा कार्यरत थिए ।

न्याय परिषदको पुस २० गते बसेको बैठकले चारै जनालाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

शपथग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा, सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार एशोसिएसनका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

२०७४ माघ ११ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: