

११ माघ, नवलपरासी –
नवलपरासीको कावासोतीबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
भैरहवाबाट काठमाडौंका लागि छुटेकोे लु २ ख ८०४ नम्बरको बसमा लागुऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्की अन्नपुर्ण गाउँपालिका ८ बस्ने २४ वर्षका शिवबहादुर परियार र पोखरा महानगपालिका बस्ने २५ वर्षका राजेन्द्र नेपाली रहेका छन् ।
उनीहरुको साथबाट डाईजापाम १६ एम्पुल , नुफिन १७ एम्पुल , फेनार्गन १६ एम्पुल बरामद गरिएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखी आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
२०७४ माघ ११ गते प्रकाशित