Sat. Jul 5th, 2025

चूडामणि शर्माविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

१५ माघ, काठमाडौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

तत्काली महानिर्देशक शर्माले ४ करोड २९ लाख ५४ हजार १ सय २३ रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । शर्माले सरकारी जागिर खाएयता ३ करोड ६३ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको देखिएको छ । तर उनी र उनका आफन्तको नाममा ७ करोड ९३ लाख २७ हजार रुपैयाँ भन्दा धेरै सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।

शर्मालाई ४ करोड २८ लाख रुपैयाँको विगो तथा हदैसम्मको कैद सजाय माग गरिएको छ । शर्माको ४ करोड २८ लाख ५४ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

२०७४ माघ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: