Sat. Jul 5th, 2025

स्वस्थानी व्रत कथाको आज समापन

१७ माघ,  धादिङ –

 

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत आजबाट समापन हुँदैछ। एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्ने धार्मिक परम्परा छ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। त्यसपछि हरेक बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।

विशेषगरी महिलाहरुले बस्ने यो व्रतमा काठमाडौँको साँखुस्थित शालीनदीमा विशेष रौनक रहँदै आएको छ। महिनाभर बसेको व्रतको विसर्जन गरी व्रतालुहरु आजबाट घर फर्कँदैछन्।

२०७४ माघ १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: