Sat. Jul 5th, 2025

बड्स ब्यान्डको “बिर्सन सक्दिन” सार्बजनिक

१७ माघ, धादिङ

गायक दीपेश श्रेष्ठ (बड्स ब्यान्ड) को “बिर्सन सक्दिन” गीतको म्युजिक भिडोयो सार्बजनिक गरिएको छ ।

अस्ट्रेलीयाको मेलवर्न निवासी सुनोद श्रेष्ठको निर्देशनमा बनेको बिर्सन सक्दिन मा सुरज श्रेष्ठको शव्द, दिपेश एण्ड द व्याण्ड को सङ्गीत रहको छ भने भिडियोमा सन्दिप श्रेष्ठको सिनेमाटोग्राफी र प्रबीन श्रेष्ठको सम्पादन रहेको छ ।

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको बिर्सन सक्दिनमा निर्देशक सुनोद श्रेष्ठ र एन्जी मुल्मीश्रेष्ठको अभिनय रहेको छ ।
सुनोदले यस अघि अस्ट्रेलीयाबाट निर्मण र प्रशारण भैरहेको केहि टि भी सीरिजहरुमा अभिनय गरेका भए पनि म्युजिक भिडियो भने तेश्रो हो भिडियोको केही अंश जापानमा पनि सुट गरिएकोछ।

१९९८ तिरको प्रचलित गीत “बिर्सन सक्दिन” गायक दीपेश श्रेष्ठ ले जापान मा रहेका आफ्नो नयाँ ब्यान्ड दीपेश एन्ड द ब्यान्ड बाट नौलो तरिका ले संगीत एरेन्ज गरेर पुन बजारमा ल्याएका हुन् ।

एस इभेन्ट्सका डाइरेक्टर समेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी श्रेष्ठले म्युजिक भिडियो लगायत विभिन्न म्युजिकल इभेन्ट्सहरु नेपाली एक्पोहरुको साथै प्रोडक्सनका कामहरु गर्दै आउनु भएको छ ।

२०७४ माघ १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: