
१७ माघ, धादिङ
नेपाल भुकम्प प्रतिकार्य परियोजनाको बहस तथा पैरवी कार्यक्रम अन्तर्गत पत्रकारहरुलाई दिइएको २ दिने तालिम सम्पन्न भएको छ ।
पत्रकारहरुमा खोज पत्रकारी सम्वन्धि ज्ञान दिने उद्देश्यले अक्सफामको सहयोगमा फोकस नेपाल धादिङ, प्रयास नेपाल धादिङ र एक्सन नेपाल धादिङले तालिमको आयोजना गरेको हो ।
तालिममा खोज पत्रकारीता कसरी गर्ने, अन्तवार्ता लिने तरिका, उपभोक्ता केन्द्रित समाचारहरु कसरी निमार्ण गर्ने, दैविक प्रकोप हुदाँ कसरी रिर्पोटिङ गर्ने भन्ने कुराको जानकारी गराइएको थियो ।
शिक्षक मासिकका कार्यकारी सम्पादक रामजी दाहालले तालिमको सहजीकरण गरेका थिए । । तालिममा विभिन्न संचारमाध्याममा क्रियाशिल संचारकर्मीहरुले नागरिक समाज र संचारकर्मीहरुको सहकार्यले सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्याएको बताएका छन् । राष्ट्रिय स्तरको संचारमाध्याममा प्रतिनिधि, जिल्लाका रेडियोपत्रपत्रिका र टेलिभिजनका १५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
२०७४ माघ १७ गते प्रकाशित