Sat. Jul 5th, 2025

धादिङमा राष्ट्रियसभा निर्वाचनको लागि मतदाता शिक्षा

१७ माघ, धादिङ

धादिङमा राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि जिल्ला स्तरीय मतदाता शिक्षा दिएको छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङले माघ २४ गते गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि धादिङका नगरपालिका गाँउपालिकाका अधक्ष्य उपादक्ष्य लाई मतदाता शिक्षा दिएको हो ।

निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ५ सय ६ तथा ५ सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। प्रदेश नं १ मा ३ सय ६७, प्रदेश नं २ मा ३ सय ७९, प्रदेश नं ३ मा ३ सय ४८, प्रदेश नं ४ मा २ सय ३०, प्रदेश नं ५ मा ३ सय ५, प्रदेश नं ६ मा १ सय ९८ र प्रदेश नं ७ मा २ सय २९ मतदाता रहेको आयोगले जनाएको छ।

आगामी निर्वाचनबाट तीन महिला, एक दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन्। ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ।

२०७४ माघ १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: