
१८ माघ, धादिङ
धादिङमा सन्चालन भएको सुरक्षित आप्रवासन सामि परियोजानले गरेको काम प्रशंसनीय रहेको धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले बताएको छ ।
बैदेशिक रोजगारको कारण देखीएको समस्याहरु कम गर्ने काम आफैमा महत्वपुर्ण रहेको भन्दै उनले दुरदराजका व्यक्तिहरुलाई सु–सुचित गराउनुपर्ने स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले सयौँ घरपरिवारमा बैदेशिक रोजगारको पिडा रहेको समयमा यस्तो प्रकारको काम आफैँमा महत्वपुर्ण हुने बताए । देशको युवाशक्ति विदेसिदा विकास निर्माण र पुननिर्माणको कामममा समेत प्रभाव परेको भन्दै यसले देशलाई ठुलो नोक्सानी परेको धारणा भण्डारीले राखेका छन् ।
बैदेशिक रोजगारको कारण धादिङमा धेरै व्यक्तिहरु समस्यामा पर्ने, ठगीमा पर्ने, बेपत्ता हुने र पारिवारीक विखण्डनका घट्नाहरु बढीरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । धादिङको घाटबेसीमा सन्चालन भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाको सिद्धलेक,थाक्रे र गल्छि गाउँपालिकाका निर्वाचित वडा सदस्यहरु मध्येबाट सुरक्षित बैदेशिक रोजगारीको लागी गाउँपालिकाबाट छनौट भएका सम्पर्क व्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागी वडा सदस्य÷सम्पर्क व्यक्तिहरुले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागी सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सके सम्म युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्ने र यदि बैदेशिक रोजगारीमा जाने हो भने ती युवाहरुको हकमा नेपाल सरकारले तोकेको प्रावधान पुरा गरेर र सिप सिकेर जानको लागी सु–सुचित गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रत्येक वडाका वडा सदस्यहरुले आ–आफ्नो वडाबाट बैदेशिक रोजगारमा जान लागेको युवाहरुको तथ्याङक संकलन गर्ने, निति निर्माण र कार्यन्वयनमा पैरवी गर्ने समेत बताएका छन् ।
यसैगरी कार्यक्रममा धादिङ जिल्लाको बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागी १० बुँदे समझदारी पत्र समेत घोषणा गरीएको छ । १० बुँदे समझदारी पत्रमा उल्लेखीत केही बुदाहरु निम्न प्रकारका रहेका छन् ।
१. हामी निर्वाचित जनप्रतिनिधिहरु गाउँको गरिबी अन्त्य गर्न युवाको सक्रियतामा मात्र सम्भव भएको निष्कर्ष निकाल्दै उनिहरुलाई स्थानिय स्तरमा स्वरोजगारमा लाग्न अभिप्रेरित गर्दै निति र नियमलाई युवामैत्री बनाई क्रियशिल हुनेछौ ।
२. स्थानिय तहमा हुने विकास निर्माण एवं. पूननिर्माणमा युवाहरुको सहभागितालाई विशेष प्रथामिकता दिई आबश्यक सिप र सिर्जना विकासको नितिगत व्यवस्था गर्नेछौ ।
२०७४ माघ १८ गते प्रकाशित