Sat. Jul 5th, 2025

प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक सकियो सभामुखको चुनाव २७ गते

k|b]z–# sf] a}7s z'? k|b]z g+ # sf] klxnf] k|b]z;efsf] a}7s laxLaf/ x}6f}F8fdf z'? x'Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

१८ माघ, काठमाडौं

प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक सकिएको छ । बैठक हैटौँडाको क्षेत्रीय शिक्षा निर्देशनालयमा बसेको हो ।

प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिएएको थियो। संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक भएकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

सभामुखको चयन नभइसकेकोले प्रदेशसभाको सञ्चालन ज्येष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए । बैठकमा प्रदेश नम्बर ३ बाट प्रतिनिधित्व गर्ने सबै ७ वटा दलका एक एकजना सांसदले सम्बोधन गरेका छन् ।

प्रदेसभाको पहिलो बैठकले प्रदेससभा सञ्चालनको लागि प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ । अब यसै अन्तरिम कार्यविधिका आधारमा संसद बैठक चल्नेछ ।

प्रदेश नम्बर ३ मा सभामुखको लागि आउँदो २७ गते ३ बजे सभामुखको चुनाव गर्ने पनि आजको बैठकले पारित गरेको छ ।

२०७४ माघ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: