

१८ माघ, धादिङ –
क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजेको अध्यक्षमा अमिका राजथला निर्विरोध चयन भएका छन् ।
काठमाडौँमा बिहिबार सम्पन्न ५ औँ महाधिवेशनले राजथला अध्यक्ष हुने गरी नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा निर्मला आचार्य, महासचिवमा रामकला खड्का, सचिवमा रमिता लामा र कोषाध्यक्षमा रुक्मिणि पोखरेल चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा संगीता लामा, चन्दा बिष्ट, सोनि शर्मा, दुर्गा अधिकारी र दिपा आले चयन भएका छन् ।
त्यस्तै प्रदेश १ को संयोजकमा गंगा बराल, प्रदेश २ को संयोजकमा निर्मला दाहाल, प्रदेश ३ को संयोजकमा सरिता श्रेष्ठ, प्रदेश ५ को संयोजकमा लीला शाह र प्रदेश ६ को संयोजकमा तीला भण्डारी सर्वसम्मत चयन भएका छन् ।
क्रियाशिल पत्रकार महिलाका अध्यक्ष शुभेच्छा विन्दु तुलाधरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर अधिकारी, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष गंगाधर पराजुली नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस यूनियनका महासचिव अजयबाबु सिवाकोटी, संचारिका समूहका अध्यक्ष निर्मला शर्मा लगायतको सहभागीता रहेको थियो ।
२०७४ माघ १८ गते प्रकाशित