रामकुमार थापा, धादिङ ।
१९ माघ, धादिङ ।
बैदेशिक रोजगारको लागी मलेसिया गएका धादिङका त्रिपुरेश्वर गाविसका विनोद पाण्डे १५ बर्षपछि परिवारको सम्पर्कमा आएका छन् । २०६० साल जेठ ९ गते बैदेशिक रोजगारमा गएका विनोद पाण्डे मलेसीया गएपछी सात बर्ष सम्म परिवारको सम्पर्कमा थिए । परिवारको सम्पर्कमा रहेपनी उनी घरमा भने आएका थिएनन् ।
२०६७ सालदेखी भने उनी परिवारको सम्पर्कमा थिएनन् । चिनेकै अर्जुन ढकाल मार्पmत विदेश गएका उनले त्यही बेलामा पनि ९५ हजार रुपैया विदेश जानको लागी म्यानपावर कम्पनीलाई बुझाएका थिए ।
७ वर्षसम्म त बिनोदको फोन आउँथ्यो तर घर आउने कुरै हुँदैनथ्यो । अरुका श्रीमान दुई वर्षमा घर आएर फर्किंदा बिमलालाई पनि आफ्ना श्रीमान आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । तर बिमलालाई जस्तो लागेन बिनोदलाई । ‘त्यही भएर त यत्तिका वर्ष बिर्सिनुभयो नी’ बिमलाले गुनासो गरिन् । सात वर्षपछि त त्यही पनि हरायो ।
घर आउने कुरा नगरेपनि सञ्चो बिसञ्चो सुनाइरहने बिनोद हराएपछि परिवार उहाँलाई खोज्न तिर लागे । बिमलका काकाका छोरा नवराज पाण्डे काठमाडौंको ठमेलमा व्यवसाय गर्थे । बिनोदका बुवाले छोरो खोजिदिन भतिजोलाई भने । संयोग नै भन्नुपर्छ त्यति बेलै मलेसियाका एक व्यक्ति नवराजको आएका थिए ।
नवराजका कुरा सुनेपछि उनले आफूले सकेसम्म खोजिदिने बताए । त्यसको केही दिनमै उनले बिनोदका बारेमा पत्तो पनि लगाइदिए । छोरो फेला परेको खबर ससुराले बिमलालाई सुनाए तर बिमलालाई सत्य होला जस्तै लागेन । बिमलालाई त्यो खबरको विश्वास थिएन । तर गएको मंसिर ६ गते भने बिमलाले श्रीमानसँग भिडियोमै कुरा गरेकी छन् । काठमाडौं गएका बेला उहाँले श्रीमानलाई हेरेरै गफ गरिन ।
गाउँले अनि परिवारकै पनि धेरैले उतै मरिसक्यो होला भन्थे । बिमलालाई पनि हो नै जस्तो लाग्थ्यो । तर उनीले काठमाण्डौमा गए र भिडियो कल गरेपपछी भने ढुक्क भएकी छन् । अहिले दैनीक जसो फोनमा कुराकानी हुने गरेको छ ।
बिनोद पाण्डे विदेश जाँदा छोरा ६ महिनाको र छोरी २ बर्ष ६ महिनाको थिए । तर अहिले छोरी १७ बर्ष र छोरा १५ बर्ष भएका छन् । बुबा आउने भएपछि बच्चाहरु पनि खुसि भएका छन् । श्रीमान विदेशमा बेपत्ता भएपछि विमला पाण्डेलाई धेरै सकस भएको थियो । नेपाल आउने बताएपनि विनोदलाई कानुनी प्रक्रियामा झन्झड भएको छ । विनोद पाण्डे ढिला चाडो नेपाल आउने बताएपछि परिवारमा खुसि छाएको छ ।