
१९ माघ, काठमाडौँ
आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन हटाईने भएको छ । काठमाडौँ उपत्यका लगाएत देशभर वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।
यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो। विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो।
२०७४ माघ १९ गते प्रकाशित