
१९ माघ, धादिङ
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीबाट एक सय ७० किलो चरेससहित एक जना पक्राउ परेको छ ।
चेकजाँचको क्रममा बाराका रामकृष्ण श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले भने, अनुसन्धानकै क्रममा रहेकोले विस्तृत जानकारी दिएको छैन । राजमार्ग क्षेत्रबाट पटक पटक अवैध लागुपदार्थ पक्राउ पर्ने गरेको भए पनि मुख्य गिरोह भने उम्कने गरेको छ ।
२०७४ माघ १९ गते प्रकाशित