Sat. Jul 5th, 2025

निगमले माग्यो बूढीगण्डकीको सेयर

२० माघ, धादिङ ।
नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत आयोजनामा २५ प्रतिशत सेयर माग गरेको छ । उसले मासिक ७० —८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकी संस्थागत सेयर माग गरेको जनाएको छ ।

निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जलविद्युत आयोजनाका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई बुझाउँदै आएको बताए ।

उनले भने, दस बर्षको अवधिमा आयोजनाको लाग तको करिब ५० प्रतिशत रकमको जोहो निगमले नै गर्न सक्छ ।-यही आधारमा निगमलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

About The Author

अन्य समाचारहरु: