Sat. Jul 5th, 2025

संसदीय दलको नेतामा देउवाको आकांक्षा

२० माघ, धादिङ ।
वाम गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको बेला सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगभग निश्चित गरिसकेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले नै आकांक्षा देखाएका छन ।
संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका महत्वपूर्ण हुने गर्छ । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसको ६३ जना सांसद रहनेछन् । निर्वाचनमा कांग्रेसले प्रतक्ष्यतर्फ २३ र समानुपातिकतर्फ ४० सिट पाएको हो ।
कांग्रेस संसदीय दलको नेता बन्न आफ्नो कुल सांसदको ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।गुट उपगुटमा विभाजित कांग्रेसभित्र प्रतिनिधिसभामा निर्वाचिन सांसदमध्ये सभापति देउवा पक्षका धेरै छन।
पार्टीभित्र देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुट सशक्त छन् । साथै पभावशाली नेताहरुको छुट्टै उपगुट छ ।
नेपाल समाचारपत्रबाट ।
२०७४ माघ २० गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: