Sat. Jul 5th, 2025

पुस्तकालयको तेस्रो जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

२०  माघ, नुवाकोट

जनजागरण सामुदायिक पुस्तकालयको पुननिर्माण तथा समुदायमा आधारीत समाबेशि विपद् जोखिम न्युनिकरण परियोजना अन्तर्गतको तेस्रो जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

जनजागरण सामुदायिक पुस्तकालयको अस्थायि पुस्तकालय भवन बेलकोटगढी नगरपालिका वडा नं. २, मा सम्पन्न भएको बैठकमा पुस्तकालयका अध्यक्ष रामचन्द्र तिमल्सिनाले पुस्तकालयले हाल सम्म पुननिर्माण परियोजना अन्तर्गत गरेका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गरेको थियो ।

READ NEPAL ASB NEPAL को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित पुस्तकालयमा रिड नेपालको तर्फ बाट परियोजना प्रबन्धक प्रकाश प्रसाद पोख्रेलले परियोजना सम्बन्धि जानकारी दिएका थिए । कार्यक्रममा जिल्लाका सरकारी निकायहरुः कृषि विकास कार्यलय, पशु कार्यलय, जनस्वास्थ्य, डिभिजन सहकारी कार्यलय, महिला विकास, जिल्ला शिक्षा कार्यलय, अपांग महाँसघ नेपाल लगायत अन्य कार्यलयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै सहभागीहरुले पुस्तकालयले शिक्षा,महिला, कृषक,बालबालिका, अपांगता भएका व्यक्तिहरु तथा विपद जोखिम न्युनिकरण जस्ता विभिन्न क्षेत्रमा राम्रो कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले समुदायिक पुस्तकालयको अवधारण एकदमै राम्रो र नयाँ पक्ष रहेको बताउँदैे समुदाय रहेको ठाँउमा सामुदायिक पुस्तकालयको महत्व रहेको, अध्ययन विना केहि कुरा पनि सम्भव नहुने रामायण, महाभारत, बेद जस्ता धार्मिक तथा अन्य पुस्तकहरु पुस्तकालयमा प्राप्त हुने भएका कारण अब नयाँ पण्डीत नै पुस्तकालय हुने कुरा बताए ।

२०७४ माघ २० गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: