

२१ माघ, काठमाडौं –
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६ सय ३२ एम्पुल लागुऔषधसहित आइतबार एक भारतीयलाई पक्राउ गरेको छ ।
प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४२८ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो ।
गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको प्रभागका प्रमुख केशव भट्टले जानकारी दिए ।
अभियुक्त गिरीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।
२०७४ माघ २१ गते प्रकाशित