

२१ माघ, धादिङ
सिद्धलेक गाउँपालिका वडा नम्वर १ नलाङको मिन्दुका माध्यमिक विद्यालयमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ५५ लाख रकम संकलन गरिएको छ ।
नलाङ बैरेनीमा रहेको मिन्दुका माविमा कक्षा ११ र १२ सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले मिन्दुका माध्यमिक विद्यालयले महायज्ञ आयोजना गरेको हो ।
महायज्ञको अन्तिम दिन स्थानीय शालिकराम अर्यालले ४ आना जग्गा विद्यालयको लागि दान गरेका छन् । भने शम्भु अधिकारी र प्रमिला अधिकारीले ५ लाख २० हजार ५ सय नगददान र अतिमाया अर्यालले १३ हजार २ सय ६४ रुपैया तुलादन गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरी अर्यालको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्ण अर्याल, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल लगायतको सहभागीता रहेको थियो ।
२०७४ माघ २१ गते प्रकाशित