

२१ माघ, धादिङ –
जिल्ला प्रहरी कार्यालय धादिङले १६८ किलो ९०० ग्राम लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको ग्रामीण इलाकाबाट ठूलो परिणाममा लागु औषध चरेस बिक्रि वितरण कारोबार गर्न लिई आउँदै छ भन्ने सुराकीका आधारमा गजुरी गाउँपालिकास्थित पोखरेखोलाबाट चरेस बरामद गरेको हो ।
प्रहरीले लागु औषध राखी ल्याएको ना ३ ख ४३२४ नम्बरको ट्रक, बा २६ प ४४६५, बा ४० प २५८८, र बा ३३ प ७०२५ नम्बरको मोटरसाइकल र विभिन्न नम्बरको सिम सहितको मोबाइल ५ थान बरामद गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हैटौडा उपमहानगरपालिका १० बस्ने ३७ वर्षीय रामकृष्ण श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका ५ बस्ने २६ वर्षीय श्यामबहादुर तामाङ, सोहि ठाउँका ३१ वर्षीय विनोद तामाङ, गल्छी ६ बस्ने ३४ वर्षीय नवराज तामाङ र गल्छी ८ बस्ने ३० वर्षीय देवबहादुर तामाङ रहेको प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए ।
चरेस सहित पक्राउ गरेका ५ जनालाई आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुलाई लागु औषध कारोबार ऐन अन्र्तगत कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
भिडियो
२०७४ माघ २१ गते प्रकाशित