
२१ माघ, धादिङ –
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा आइतबार दिउँसो माइक्रो र ट्रक एक आपसमा ठोक्किदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । भने ७ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा गोरखा घर भएका सुजित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । गोरखाबाट काठमाडौँ जाँदै गरेको ना २ ख ८७९० नम्बरको माइक्रोबस विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ६०१९ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएका ४ जनालाई काठमाडौँ पठाइएको छ भने सामान्य घाईते ३ जनाको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक संजय तिमिल्सीनाले जानकारी दिए ।
२०७४ माघ २१ गते प्रकाशित