Fri. Jul 4th, 2025

आगामी वर्षको दशैंतिहार कात्तिकमा, भदौमा तीज


२२ माघ,  धादिङ

आगामी वर्षको दशैं र तिहार दुबै कात्तिक महिनामा परेका छन् । दशैंको टीका कात्तिकमा परे पनि नौरथा चाहिँ असोजबाटै सुरु हुन्छ ।

२०७५ सालको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको छ । कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ । यस्तै कात्तिक २१ गते लक्ष्मीपूजा र २३ गते भाइटीका परेको छ ।आगामी वर्षको छठ पर्व कात्तिक २७ गते परेको छ ।

महिलाहरुको विशेष पर्व हरितालिका तीज पनि यसवर्ष निकै पछाडि सरेको छ । हरितालिका तीजको ब्रत भदौ २७ गते परेको छ ।

त्यसैगरी गाईजात्रा भदौ ११ गते परेको छ भने कुसे औंसी भदौ २४ गते परेको छ ।

२०७४ माघ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: