Fri. Jul 4th, 2025

मुख्यमन्त्री र सभामुख बन्न एमाले—माओवादीभित्र आन्तरिक दौडधुप

२३ माघ, धादिङ।

प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ ।
तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ । फागुन पहिलो साताभित्र प्रादेशिक सरकार र प्रदेशसभा सभामुख चयन गरिसक्नुपर्ने छ ।
त्यसैले आकांक्षीहरू पार्टीभित्रका प्रादेशिक कमिटी, संसदीय दल मात्र नभई केन्द्रीय नेताहरूलाई समेत आफ्नो पक्षमा पार्न भेटघाट गरिरहेका छन।
भेट्न आउने नेताहरूलाई दुवै दलका केन्द्रीय नेतृत्वले पहिलो अभ्यास भएकाले सकेसम्म चुनावभन्दा सर्वसम्मति गर्न सुझाव दिइरहेका छन ।
दुई दलबीच पार्टी एकताको प्रयास भइरहेकै बेलामा एउटै पार्टीभित्रका पदमा नेताहरूबीच प्रतिस्पर्धा गर्दा राम्रो सन्देश नजाने भन्दै सकेसम्म मिलेर जानुपर्ने उनीहरूको सुझाव छ ।

एमाले अध्यक्ष केपी ओलीले आकांक्षी र सम्बन्धित प्रदेशका सचिवालय सदस्यहरूसमेतलाई बोलाएर छलफल गरेका छन । उनले सकेसम्म मिल्न नेताहरूलाई दबाब दिएका छन । सबै प्रदेशले सभामुख चयनको मिति तय गरिसकेका छन । मुख्यमन्त्री पनि ५ गतेभित्र चयन भइसक्नुपर्ने छ । कान्तिपुर दैनिकबाट ।
२०७४ माघ २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: