Fri. Jul 4th, 2025

राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा

२३ माघ,  काठमाडौं

निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

भोलि बिहान १० देखि ३ बजेसम्म हुने निर्वाचनका लागि आवश्यक सामाग्रीको ढुवानी तथा व्यवस्थापकीय काम सकिएको आयोगले जनाएको छ ।

२ नम्बर प्रदेशमा सबै सदस्य निर्विरोध भएको भन्दै आयोगले बाँकी प्रदेशमा दुई दुई वटाको दरले १२ वटा मतदान केन्द्र निर्माण गरेको जनाएको छ ।
अन्य प्रदेशमा पनि १६ जना निर्बिरोध निर्वाचित भइसकेकाले निर्वाचनबाट छानिने ५६ मध्ये ३२ सदस्य पदका लागि मात्र भोली निर्वाचन हुन लागेको हो।

निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । बहुमतीय र एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचनका लागि चार वटा मतपत्रको व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि एमाले माओवादी केन्द्रले साझा उम्मेदवार उठाएका छन् । मधेशवादी र केहि साना दलले कांग्रेससँग तालमेल गरेका छन् ।

  २०७४ माघ २३ गते प्रकाशित

 

 

About The Author

अन्य समाचारहरु: