Fri. Jul 4th, 2025

प्रदेश ३ मा राष्ट्रियसभा चुनाव सुरु

 

२४ माघ, काठमाडौं

प्रदेश तीनमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । प्रदेश ३ को निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ ।

मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी कुल  २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।

जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको छ।  जावलाखेल मैदानमा मतदानको व्यवस्था मिलाइएको छ ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

   २०७४ माघ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: