Fri. Mar 29th, 2024

विहिबारदेखि एसएलसी परीक्षा सुरु (परीक्षा तालिका सहित)

slc student

५ चैत,  धादिङ – विद्यार्थीको ‘फलामे ढोका’ मानिने एसएलसी परीक्षा विहिबार बिहान ८ बजेदेखि मुलुकभर एकैसाथ सुरु भएको छ । बिहीबार बिहान आठ बजेदेखि अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । १३ गतेसम्म चल्ने परीक्षा बिहान आठ बजेदेखि एघार बजेसम्म संचालन हुनेछ ।

यस वर्षको परीक्षा देशभरमा ५ लाख ७४ हजार ६ सय ८५ जना परीक्षार्थी सहभागी भएका छन् । नियमिततर्फ २ लाख १२ हजार ५ सय ४ जना छात्र र २ लाख १३ हजार ७ सय १० जना छात्रा गरी ४ लाख २६ हजार २ सय १४ जना सहभागी छन् । एक्जाम्टेडतर्फ भने ५९ हजार २ सय ५३ जना छात्र र ८५ हजार ९ सय ३० जना छात्रा गरी १ लाख ४५ हजार १ सय ८३ जना सहभागी भएका हुन् ।
सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५ सय ८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेका छन् । यस वर्ष परीक्षाका लागि देशभरमा गरी एक हजार ८ सय ६२ परीक्षा केन्द कायम गरिएको छ ।
यसैवीच धादिङका २१ परीक्षा केन्द्रहरुमा पनि परीक्षा सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकालले जानकारी दिनु भएको छ । उहाँले एसएलसी परीक्षालाई मर्यादित ढङगबाट सञ्चालन गर्नका लागि सबैलाई आग्रह समेत गर्नुभएको छ ।

यस वर्ष एसएलसी परीक्षामा धादिङ जिल्लाबाट ६ हजार ९ सय ९१ जना परिक्षार्थीहरु सहभागी भएका छन् । नियमित तर्फ ५ हजार ८ सय ६२ जना र एक्जाम्टेड तर्फबाट १ हजार १ सय २९ जना परीक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।

परीक्षा तालिका
चैत ५ गते विहिबार – अनिवार्य अङ्ग्रेजी
चैत ६ गते शुक्रबार – अनिवार्य नेपाली
चैत ८ गते आइतबार – अनिवार्य गणित
चैत ९ गते सोमबार –  अनिवार्य विज्ञान
चैत १० गते मंगलबार – अनिवार्य सामाजिक अध्ययन
चैत ११ गते बुधबार – अनिवार्य स्वास्थ्य,जनसङख्या तथा वातावरण
चैत १२ गते विहिबार – ऐच्छिक प्रथम सबै
चैत १३ गते शुक्रबार – ऐच्छिक द्धितिय सबै

About The Author

Loading...

अन्य समाचारहरु: