Fri. Jul 4th, 2025

प्रदेश ३ को मुख्यमन्त्रीमा उम्मेदवारी दिन्छु : राजेन्द्र पाण्डे

२५ माघ, काठमाडौं

नेकपा एमालेका नेता एवम् प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले प्रदेश ३ को मुख्यमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री चयन गर्छौ, यदि सहमति भएन भने निर्वाचनमार्फत अघि बढ्छौं, संसदीय दलको नेता चयन गर्नेबारे भोलि छलफल हुन्छ, भोलिको छलफलमा सहमति भयो भने ठिकै छ, नभए निर्वाचन हुन्छ, मेरो उम्मेदवारी हुन्छ, मुख्यमन्त्री मै बन्छु, अध्यक्ष केपी ओलीको पनि मलाई समर्थन छ’ उनले भने ।

बिहीबार रिपोर्टस क्लबमा नेता पाण्डेले आफू ४ पटकसम्म संसदमा लगातार निर्वाचित भएर काम गरेको अनुभवी भएकाले मुख्यमन्त्रीको दाबी गरेको बताए ।

उनले आफू मुख्यमन्त्रीमा निर्वाचित भएपछि यो प्रदेशको विकासको लागि गम्भीर भएर काम गर्ने विश्वास दिलाए । केन्द्र सरकारले अघि सारेका महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरु यही प्रदेशमा पर्ने भएकोले यसलाई सम्पन्न गर्न आफू लागि पर्ने पाण्डेको भनाइ छ ।

फरक प्रसँगमा उनले एमाले र माओवादी केन्द्रबीच अब छिट्टै एकता हुने दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बसेर सबै कुरा टुँगो लगाउने पाण्डेले बताए ।

  २०७४ माघ २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: