Fri. Jul 4th, 2025

समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको तयारी

२६ माघ,काठमाडौं

राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने तयारी थालेको छ ।

आयोगले समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्याबारे जानकारी गराउँदै त्यसमा समावेश गर्नुपर्ने महिला सिट समेत तय गरी दलहरुलाई आज पत्राचार गर्ने जनाएको छ ।

हिजै पत्राचार गर्ने भनिए पनि आन्तरिक तयारी नपुगेकोले आज मात्र पत्राचार गर्न लागिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

दलहरुले प्रत्यक्षमा जितेको सिटसहित ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेगरी प्राथमिकता निर्धारण गरेर नामावली पठाउनुपर्ने प्रवक्ता ढकालले बताए ।

दलहरुलाई नामावली पठाउन ३ दिनको समय दिइने र प्राप्त भएका नामावलीमा प्राथमिकता क्रम र क्लस्टर मिलेनमिलेको परिक्षण गरेर नमिले मिलाउन पुनस् दुइ दिनको समय दिने ढकालले बताए ।
दलहरुबाट सच्चिएर आएको सूची रुजु पश्चात आयोगले समानुपातिक तर्फको अन्तिम परिणाम सार्बजनिक गर्नेछ ।

२०७४ माघ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: