Fri. Jul 4th, 2025

भूकम्प पीडितले दोस्रो किस्ता पाउने म्याद चैत मसान्तसम्म थपियो

२६ माघ, धादिङ –

सरकारले भूकम्पपीडितलाई आवास निर्माण बापतको दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ ।

फाइल फोटो

शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पुर्‍याउने निर्णय गरेको हो ।

दोस्रो किस्ता लिने म्याद थपिएसँगै यसअघि २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले आगामी चैत मसान्तसम्म दोस्रो किस्ताको रकम लिन सक्नेछन् । यसअघि अघिल्लो वर्ष पुस मसान्तसम्म पहिलो किस्ता बुझेका लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने यस्तो म्याद पुस मसान्तसम्म तोकिएको थियो ।

दोस्रो किस्ताको अनुदान पाउने समयावधि पुस मसान्तसम्म तोक्दा धेरै लाभग्राही छुट्ने स्थिति भएपछि प्राधिकरणले म्याद थप गरेको सीईओ युवराज भुसालले बताए । तेस्रो किस्ताको अनुदान वितरणको अवधि भने साविककै असार मसान्तसम्म कायम छ ।

 

२०७४ माघ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: