

२६ माघ, काठमाडौँ
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा बस्ने भएको छ । बैठक आगामी फागुन २० र २१ गते बस्ने तय भएको हो ।
जिल्लाको पर्यटकीय विकास, प्रादेशिक केन्द्रको रुपमा प्रचारप्रसार र राष्ट्रियस्तरमै स्थानीय मुद्दा उठाउने उद्देश्यले महासंघको धनुषा शाखाको पहलमा बैठक बस्न लागिएको हो ।
महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यको बैठकले जनकपुरमा बैठक बस्न सहमति दिएको हो ।
२०७४ माघ २६ गते प्रकाशित