Fri. Jul 4th, 2025

गल्छी–त्रिशूली सडक दिउँसो मात्र बन्द हुने

२९ माघ,  धादिङ  –

गल्छी–त्रिशूली सडक दिउँसो मात्र बन्द हुने भएको छ ।

उत्तरी छिमेकी चीनसँगको नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नती कार्यलाई तिब्रता दिन बन्द गरिएको सडककोे समय परिवर्तन गरिने भएको छ । धादिङको गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक फागनु १ गतेबाट दिउँसो मात्र बन्द गरिने भएको छ ।

फागुन १ गतेदेखि सडक स्तरोन्नतीको कामलाई तिब्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म सडक बन्द गरिने गल्छी–त्रिशूली–मैलु–स्याफ्रुवेसी–रसुवागढी सडक योजनाले जनाएको छ । यस अघि गएको पुस १ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो ।

धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुवेशीसम्म ८२ किलोमिटर सडकमध्ये ४६ किलोमिटर क्षेत्र स्तरोन्नतीको काम भइरहेको छ । ९ अर्ब रुपैयाँको लगानी रहेको यो योजना अन्तर्गत सडकको दायाँवायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ ।

२०७४ माघ २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: