
२९ माघ, धादिङ –
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै ३ सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन् ।
पौडेलले माओवादी र एमालेका १/ १ जनालाई मन्त्री बनाएका हुन्।
माओवादी सांसद शालिकराम जम्मरकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् भने एमाले सांसद केशव स्थापित भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। नवनियुक्त दुबै मन्त्रीले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।
जमरकट्टेलको भागमा परेको मन्त्रालयलाई मुख्यमन्त्रीपछिको सबैभन्दा शक्तिशाली मानिन्छ । केन्द्रमा गृह मन्त्रालयल सरह यो मन्त्रालयले काम गर्छ । पहिलो संविधान सभा उनी सदस्य निर्वाचित भएका थिए ।
एमालेबाट प्रदेश मन्त्री बनेका स्थापित यसअघि काठमाडौं महानगरपालिकाको मेयर थिए ।
२०७४ माघ २९ गते प्रकाशित