Sat. Jul 27th, 2024

सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड

no-smoking

काठमाडौं – सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान गरेबापत नेपालले एक लाख डलर (एक करोड नेपाली रुपैयाँ) को अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।

जनस्वास्थ्यका क्षेत्रमा काम गर्दे आइरहेको अन्तर्राष्ट्रिय संस्था ब्लुमबर्ग फिलान्थ्रोपिजले सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश र घातक रंगिन चित्र छाप्ने व्यवस्थाको कदर गर्दै नेपाललाई ‘ब्लुमबर्ग फिलान्थोपिजल अवार्ड फर ग्लोबल टोबाको कन्ट्रोल- २०१५’ अवार्ड प्रदान गरेको हो ।

ब्लुमबर्गले दुबईको अबुधावीमा बुधबार आयोजना गरेको विशेष कार्यक्रममा सुर्तीजन्य पदार्थ नियन्त्रणका क्षेत्रमा विभिन्न ६ विधामा विश्वका ६ देशलाई अवार्ड प्रदान गरेको छ ।
तीमध्ये नेपालले डब्लु अर्थात् ‘वार्न ९चेतावनी० विधामा अवार्ड पाएको हो । अवार्ड नेपालका स्वास्थ्यमन्त्री खगराज अधिकारीले ग्रहण गरेका हुन् ।अनलाइन खबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: