

२ फागुन, धादिङ
आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ।
खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् । उपहार तथा प्रेम साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि यो दिवसलाई युवाले उपयोग गर्दछन् ।
कतिपयले भने यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा समेत राख्दै आएका छन् । तत्कालिन रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीलाई प्रेमका लागि उत्प्रेरित गर्दै सामूहिक विवाह गराइदिएका थिए । तर युवा युवती प्रेममा लागे सैनिक शासन प्रभावित हुन्छ भनेर भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएपछि उनको सम्झनामा हरेक वर्ष फेब्रअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।
२०७४ फागुन २ गते प्रकाशित