Fri. Jul 4th, 2025

दक्षिण अफ्रिकाविरुद्ध भारत ८ विकेटले विजयी

 

 

५ फागुन, काठमाडौं

दक्षिण अफ्रिकाविरुद्धको छ वनडे सिरिजमा भारत ५–१ ले विजयी भएको छ । शुक्रबार राति सम्पन्न अन्तिम वनडे म्याचमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको छ ।

२०५ रनको लक्ष्य भारतले ३२ ओभर १ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

यो जितसँगै भारतले दक्षिण अफ्रिकी भूमिमा पहिलोपटक वनडे सिरिज आफ्नो पक्षमा लेखाउन सफल भएको छ ।

भारतको जितमा कप्तान विराट कोहलीले अविजित १२९ रन बनाए । उनले १९ चौका र २ छक्का प्रहार गरे । कोहलीले यस सिरिजमा तीन शतक र एक अर्धशतक बनाएका छन् ।

एक दिवसीय क्रिकेटमा कोहलीको यो ३५ औं शतक हो । उनी म्यान अफ दी म्याच र म्यान अफ दी सिरिज पनि घोषित भए ।

कोहलीको अलावा अजिक्य रहाणेले अविजित ३४ रनको पारी खेले । शिखर धवन र रोहित शर्माले क्रमशः १८ र १५ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले दुई विकेट लिए ।

सेन्चुरियनमा भएको खेलमा भारतले टस जितेर दक्षिण अफ्रिकालाई व्याटिङको निम्तो दिएको थियो । तर दक्षिण अफ्रिकाका कुनै पनि व्याट्सम्यान खुलेर खेल्न सकेनन् । खाया जोडोले ५४ रन जोड्दै अर्धशतक बनाए ।

कप्तान मार्करमले २४, एबीडिभिलियर्सले ३०, हेनरी केल्सनले २२ र हासिम अमलाले १० रन बनाए । फेहुलकवायोले ३४ रनको योगदान गरे ।

भारतको तर्फबाट सबैभन्दा धेरै शार्दुल ठाकुरले चार विकेट लिए । यसैगरी युजवेन्द्र चहल र जसप्रित बुमराहले २–२ तथा कुलदिप यादव र हार्दिक पाण्ड्याले १–१ विकेट लिए ।

टेस्ट र वनडे सिरिजपछि अब भारतीय टीमले दक्षिण अफ्रिकाविरुद्ध तीन टी–ट्वान्टी म्याच खेल्ने छ ।

२०७४ फागुन ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: