Fri. Jul 4th, 2025

त्रिशुली जिप दुर्घटना : ८ दिनपछि भेटियो सचिवका छोराको शव

५ फागुन,धादिङ

त्रिशुली नदीमा जिप खस्दा वेपत्ता भएका सिंचाई मन्त्रालयका सचिव रमानन्द यादवका छोराको शव ८ दिनपछि फेला परेको छ। सचिव यादव चढेको जिप माघ २६ गते  त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा सचिव यादव र आफन्त उन्नती गुप्ताको मृत्यु भएको थियो। दुबैको शव तत्कालै फेला परेपनि सन्तोषको शव शुक्रबार बेनिघाट रोराङ गाउँपालिका ५ मा पर्ने  त्रिशुली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

सवारी चालक निरञ्जन यादबको भने घटना भएकै दिन सकुशल उद्दार गरी अस्पताल भर्ना गरिएको थियो। उनको काठमाडौंमा उपचार भइरहेको छ।

२०७४ फागुन ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: