Sat. Jun 15th, 2024

मन्त्री ज्ञवालीद्धारा बुढीगण्डकी जलविद्युत परियोजनाको स्थलगत निरीक्षण

budi
६ चैत,  धादिङ – बुढीगण्डकी जलविद्युत परियोजनाको उर्जामन्त्री राधा ज्ञवालीले स्थालगत निरीक्षण गर्नुभएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, पूर्व स्थानीय मन्त्री राजेन्द्र प्रसाद पाण्डे, सभासद्हरु गुरु बुलाकोर्टी, कमला पन्त, दिलमान तामाङ, पर्शुराम तामाङ, धनबहादुर धले, पूर्व जलस्रोत राज्यमन्त्री ठाकुर शर्मा, बुढिगण्डकी जलविद्युत परियोजनाका अध्यक्ष डा. लक्ष्मी प्रसाद देवकोटा लगायतको संयुक्त टोलीले शुक्रबार बेनीघाटबाट छिरेर परीक्षणका भित्री निर्माण गर्न लागिएको सुरुमको निरीक्षण गर्नुभएको हो ।

सो अवसरमा फान्सेली इन्जिनियरहरुले विस्तृत परियोजना (TPR) सञ्चालन भएका कार्यक्रमको जानकारी समेत गराउनु भएको थियो । गोरखाको घयालचोक र धादिङको सलाङमा २६३ मिटर अग्लो बाँध निर्माण गरी १२५० मेगावार्ट विद्युत उत्पादन हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शुक्रबार नै मन्त्री ज्ञवालीले गोरखा र धादिङको सीमानामा आयोजित कार्यक्रमलाई सम्बोधन पनि गर्नुभएको छ । सम्बोधनको क्रममा मन्त्री ज्ञवालीले बुढीगण्डकी जलाशय विद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना भएकोले जसरी पनि निर्माण गरिने बताउनु भयो । स्थानीयवासीहरुलाई सम्बोधन गर्नुहुदै मन्त्री ज्ञवालीले आयोजना सञ्चालनका क्रममा धेरैलाई विस्थापित गर्नुपर्ने भएपनि त्यसको उचित व्यवस्थापन राज्यले गर्ने भएकाले विचलित नभइकन सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमा नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गोरखा र धादिङबासीले आफू र आफ्नो सम्पति गुमाएरै भएपनि आयोजनालाई सहयोग गर्नै पर्ने बताउनुभयो । कार्यक्रममा पूर्व स्थानीय मन्त्री राजेन्द्रप्रसाद पाण्डेले यो आयोजना निर्माण प्रति नेपाल लोडसेडिङ मुक्त हुने बताउदै विस्थापितको उचित व्यवस्थापनमा आफूले पनि सहयोग गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा धादिङ क्षेत्र नं २ का सभासद् गुरु बुर्लाकोटीले बुढीगण्डकी जलाशय निर्माण आयोजना धादिङ र गोरखा जिल्लाका लागि महत्वपूर्ण आम्दानीको स्रोत हुने बताउनुहुँदै कुनै हालतमा परियोजना निर्माण गर्नेमा आफू प्रतिबद्ध भएको बताउनु भयो । कार्यक्रममा बुढीगण्डकी जलविद्युत परियोजना स्थानीय सरोकार समितिका अध्यक्ष गणेशप्रसाद ढकालको एक टोलीले २३ बुदे मागपत्र समेत बुझाउनु भएको थियो । कार्यक्रमा धादिङ र गोरखाका बुढीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित व्यक्तिहरुको सहभागीता रहेको थियो ।

 

About The Author

Loading...

अन्य समाचारहरु: